Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

१४ वर्ष मुनिका बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क

  •   २ वर्ष अघि | ११ कार्तिक २०८१, आइतवार

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यो निःशुल्क सेवा मंसिर १ गतेबाट लागू हुनेछ र काठमाडौंको कान्ति बाल अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, तथा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपलब्ध हुनेछ।

मन्त्री पौडेलले यो निर्णयलाई राज्यको सामर्थ्य र स्वास्थ्य नीति अनुसार बालबालिकालाई क्यान्सरको उपचारमा सहजता दिनका लागि लिएको बताए। नेपालमा बालबालिकामा क्यान्सरको दर बढ्दो छ र उपचारको अभावमा कैयौं बालबालिका असमयमै ज्यान गुमाइरहेका छन्। यो निर्णयसँगै आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूले समयमै उपचार पाउने अवसर पाउनेछन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, राज्यद्वारा निःशुल्क सेवा पुर्याउन आन्तरिक स्रोतको उपयोग गरिनेछ। साथै, मन्त्री पौडेलले क्यान्सर न्यूनीकरणका लागि यसअघि नै राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरिसकेका थिए, जसले बालबालिकामा क्यान्सरको जोखिमलाई घटाउने लक्ष्य लिएको छ।

यस निर्णयसँगै सरकारले नेपालमा क्यान्सर उपचारको पहुँच विस्तारमा ठूलो कदम चालेको छ।


  • Jigyasa media

थप