Breaking News
सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||    

सन् २०५० सम्ममा क्यान्सरबाट मृत्यु हुने संख्या दोब्बर हुने अनुमान

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

सिड्नी  । अस्ट्रेलियाको हालैको अध्ययनले सन् २०५० सम्म क्यान्सरका कारण हुने मृत्युको संख्या विश्वभर दोब्बर हुने प्रक्षेपण गरेको छ। यस अध्ययनअनुसार, सन् २०२२ मा ९७ लाख क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको थियो भने यो संख्या सन् २०५० सम्ममा झण्डै १ करोड ८५ लाख पुग्नेछ।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी यो प्रक्षेपण गरेका हुन्। अध्ययनमा कम मानव विकास सूचकांक भएका देशहरूमा क्यान्सरको असर तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ।

सन् २०५० सम्म फोक्सोको क्यान्सर सबैभन्दा धेरै मृत्युको कारण बन्ने सम्भावना रहेको छ। साथै, पुरुषहरूमा यो दर महिलाहरूको तुलनामा बढी हुने प्रक्षेपण छ।


  • Jigyasa media

थप