Breaking News
बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||     काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.३ डिग्रीमा झर्‍यो, यो वर्षकै कम प्रारम्भिक मापन    ||     एकादशीमा पनि दसैँको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा    ||     आज विजयादशमी : बिहान ८:४९ पछि टीका लगाउन सकिने, उत्तम साइत १०:२६ बजे    ||     महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो, बिहान ५ देखि साँझ ६ बजेसम्म खुला    ||    

देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघ्यो, तनहुँमा सर्वाधिक प्रभावित

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार, अगस्ट १९ सम्म देशभरका ७४ जिल्लामा यो संख्या पुष्टि भएको हो। 

इडिसिडीको पछिल्लो विवरण अनुसार, हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्, जहाँ ७८१ जनामा डेंगी पुष्टि भएको छ। दोस्रो स्थानमा काठमाडौं छ, जहाँ ३८० जनामा डेंगी देखिएको छ। यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७, र चितवनमा १५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। 

डेंगी हालसम्म हुम्ला, जुम्ला, र मनाङबाहेक देशका सबै जिल्लामा फैलिएको छ। यस वर्ष हालसम्म डेंगीका कारण दुई जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

डेंगीको संक्रमण तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमितको संख्या पनि बढेको छ। इडिसिडीका अनुसार, हालसम्म हैजाका ५८ जना संक्रमित फेला परेका छन्। पछिल्लो हप्तामा मात्रै काठमाडौंमा ३ जना हैजा संक्रमित भेटिएका छन्।

  • Jigyasa media

थप