Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

डेनिला कार्कीलाई मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

काठमाडौं – मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्। शनिबार राति प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न ग्राण्ड फिनालेमा विवाहित महिलाहरूको सौन्दर्य र व्यक्तित्वको प्रतिस्पर्धामा कार्की विजेता घोषित भइन्। प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले उनलाई पुरस्कार प्रदान गरेका थिए। यो उपाधि सँगै कार्कीले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्।

यस प्रतियोगितामा अन्य प्रमुख उपाधिहरू पनि प्रदान गरिएका थिए। मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले जितिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले प्राप्त गरिन्। यी दुई विजेताहरूले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका छन्।

यसैगरी, एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए। प्रतियोगिता रिबन इन्टरटेनमेन्टद्वारा आयोजित गरिएको थियो।

यो कार्यक्रमले नेपाली महिलाको सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वलाई उजागर गर्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न योगदान पु¥याएको छ।


  • Jigyasa media

थप