Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

गायक विश्वराम कार्कीको नयाँ गीत "बाच्नै दिएन" सार्वजनिक

  •   २ वर्ष अघि | ४ भदौ २०८१, मङ्लबार

बनेपा । बनेपा ६ गोसाइस्थान निवासी लोकप्रिय गायक विश्वराम कार्कीको नयाँ गीत "बाच्नै दिएन" सार्वजनिक भएको छ। पुरण रावतको शब्द र सुबाश कार्कीको संगीतमा आधारित यस गीतमा विश्वराम कार्कीले आफ्नो सुमधुर स्वर दिएका छन्। 

गीतको रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको हो, जसको संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मा रञ्जन राईले सम्हालेका छन्। 

"बाच्नै दिएन" गीतको म्यूजिक भिडियो पनि साथसाथै सार्वजनिक भएको छ, जसमा विशाल नेपालीले कथा र निर्देशन गरेका छन्। भिडियोमा निगम राई, रोशन तामाङ, निद्रमण घलान, प्रतिमा राजघताने, र जोन सन्जोगको उत्कृष्ट अभिनय देख्न सकिन्छ। 

दिनेश पराजुलीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईंले सम्पादन र कलर गरेका हुन्। विश्वराम कार्कीको प्रस्तुती रहेको "बाच्नै दिएन" म्यूजिक भिडियो हाल *Bishowram Karki* युट्युब च्यानल मार्फत् हेर्न सकिन्छ।

यो लिंक क्लिक गरेर थप भिडियो हेर्नुहोस ।

https://m.youtube.com/watch?v=izN92K4-4oQ&embeds_referring_euri=https%3A%2F%2Ftajakhabartv.com%2F&source_ve_path=Mjg2NjY 

  • Jigyasa media

थप