बनेपा । बनेपा ६ गोसाइस्थान निवासी लोकप्रिय गायक विश्वराम कार्कीको नयाँ गीत "बाच्नै दिएन" सार्वजनिक भएको छ। पुरण रावतको शब्द र सुबाश कार्कीको संगीतमा आधारित यस गीतमा विश्वराम कार्कीले आफ्नो सुमधुर स्वर दिएका छन्।
गीतको रेकर्डिङ अलंकार स्टुडियोमा गरिएको हो, जसको संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मा रञ्जन राईले सम्हालेका छन्।
"बाच्नै दिएन" गीतको म्यूजिक भिडियो पनि साथसाथै सार्वजनिक भएको छ, जसमा विशाल नेपालीले कथा र निर्देशन गरेका छन्। भिडियोमा निगम राई, रोशन तामाङ, निद्रमण घलान, प्रतिमा राजघताने, र जोन सन्जोगको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
दिनेश पराजुलीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईंले सम्पादन र कलर गरेका हुन्। विश्वराम कार्कीको प्रस्तुती रहेको "बाच्नै दिएन" म्यूजिक भिडियो हाल *Bishowram Karki* युट्युब च्यानल मार्फत् हेर्न सकिन्छ।
यो लिंक क्लिक गरेर थप भिडियो हेर्नुहोस ।
https://m.youtube.com/watch?v=izN92K4-4oQ&embeds_referring_euri=https%3A%2F%2Ftajakhabartv.com%2F&source_ve_path=Mjg2NjY
- Jigyasa media