Breaking News
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||     ४१ हप्ताकी गर्भवती महिलाको धुलिखेल अस्पतालमा मृत्यु, शिशुको आईसीयूमा उपचार जारी    ||     ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला    ||     पराजुलीको हिमलुङमा पलाएको माया लोकार्पण    ||     पश्चिमी वायुको प्रभाव कायम : आज देशका धेरै स्थानमा वर्षा, हावाहुरी र चट्याङको सम्भावना    ||     काठमाडौँ आउँदै गरेको जिप नुवाकोटमा दुर्घटना, एकको मृत्यु    ||     हृदयविदारक घटना : ३१ दिनकी शिशु खाल्डोमा पुरिएको अवस्थामा मृत फेला, आमा पक्राउ    ||     युएफसीको सेमिफाइनलमा नेपाली चमक : रविन्द्र ढाँटको ऐतिहासिक छलाङ    ||     माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरण प्रयास, स्थानीयको सतर्कताले बचिन् ५ वर्षीया बालिका    ||     बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा    ||    

सिमलताल पहिरो अपडेट :आजदेखि नयाँ प्रविधि प्रयोग गरी खोजी शुरू

  •   २ वर्ष अघि | ३१ असार २०८१, सोमवार

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलताल भन्ने स्थानमा झरेको पहिरोमा परेर बेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजीका लागि आजदेखि नयाँ प्रविधि प्रयोग गरिएको छ।


खोजीमा सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको जनाएको प्रहरीले पछिल्लोपटक निजी क्षेत्रको सहयोगमा अत्याधुनिक सोनार क्यामरा प्रविधि प्रयोगमा ल्याएको हो। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले नयाँ प्रविधिमार्फत आज बिहानैदेखि खोजी कार्य जारी रहेको जानकारी दिए।


नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो। सोही दिन बिहानदेखि ती बस र बसमा सवार करिब ६५ जना यात्रुहरूको खोजी कार्य जारी राखिएको छ। हालसम्म ११ जनाको मात्र शव भेटिएको छ। अन्य यात्रु र बस भेटिएका छैनन्।


सशस्त्र प्रहरीको गोताखोरसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले बाँसका भाटासहित एयर ड्रोन, वाटर ड्रोन, चुम्बक, बाइनाकुलर, टेलिस्कोप, एंकर हुक लगायतका उपकरणमार्फत् खोज्दै आएका थिए। त्यसमा सोमबारदेखि भाडामा लिएर अत्याधुनिक सोनार क्यामरा पनि प्रयोग गरिएको हो।


आइतबार गृह मन्त्रालयका सचिव, सशस्त्र र नेपाल प्रहरी प्रमुख लगायतको टोली सिमलतालमा पुगेर खोजीमा भइरहेको कामबारे जानकारी लिएका थिए। त्यसपछि अत्याधुनिक सोनार क्यामेरा सिमलताल झिकाइएको हो। नयाँ उपकरणसहित प्राविधिक टोली गएराति नै काठमाडौँबाट सिमलताल पुगेको थियो। सो उपकरण सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको थियो।


सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका एसपी जनक पुरीका अनुसार यो उपकरणले धमिलो पानी भए पनि नदी भित्र भएको बस्तुको आकृतिबारे जानकारी दिन्छ। त्यसको सहयोगमा आज बिहानैबाट बसको खोजी सुरु गरिएको उनले बताए। अहिले बसको खोजीमा ४० जना सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति र्‍याफ्टिङ्ग तथा मोटरबोटसहित परिचालित छन्।


चितवनका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त उपकरणलाई मोटर बोटमा जडान गरेर खोजी कार्य अगाडि बढाइएको छ।


सो उपकरणबारे जानकार एक जना प्राविधिकका अनुसार त्यसलाई पानीभित्रको भूबनोटको समेत सर्भे गर्न सकिन्छ। त्यसले एक विशेष किसिमको आवाज उत्पादन गर्छ र उक्त आवाज कुनै पनि वस्तुमा ठोक्किएपछि उक्त वस्तुले आवाज परावर्तन गरेको आधारमा सो वस्तुको आकृति पत्ता लगाउन सकिन्छ।


सो उपकरणले निरन्तर उत्पादन गर्ने आवाज र कुनै वस्तुले निरन्तर परावर्तन गर्ने आवाजको आधारमा बसको आकृति अनुमान गर्न सकिने हुँदा यसले त्रिशूली नदीमा हराइरहेको बसको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सकिने विश्वास छ।


त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तिनमा सवार यात्रुहरूको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ।

  • Jigyasa media

थप