Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, श्रीलंकालाई ६-० ले पराजित गर्दै शानदार जित

  •   २ वर्ष अघि | ८ कार्तिक २०८१, बिहिबार

काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा शानदार प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बन्यो। यो जितले नेपाली टोलीलाई प्रतियोगितामा थप उचाइ दिलाएको छ। अब नेपालले सेमिफाइनलमा समूह 'ए' को उपविजेता भारतसँग आइतबार भिड्नेछ, जुन खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

पहिलो हाफमै निर्णायक अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै ४-० को निर्णायक अग्रता लिएको थियो। उत्कृष्ट लयमा रहेको नेपाली टोलीका लागि पहिलो गोल खेलको आठौं मिनेटमै सविता रानाले गरिन्। यसपछि ११औं मिनेटमा सावित्रा भण्डारी (साम्बा) ले अर्को गोल थप्दै नेपाललाई दुई गोलको अग्रता दिलाइन्।

नेपालको प्रदर्शनलाई झन् मजबुत बनाउन १३औं मिनेटमा रेखा पौडेलले अर्को गोल गरिन्। रेखाले नै खेलको ३६औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा नेपाललाई ४-० को फराकिलो अग्रता दिलाइन्।

दोस्रो हाफमा थप दुई गोल

दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्न सफल भयो। ४७औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई ५-० को अवस्थामा पुर्याइन् भने खेलको अतिरिक्त समयमा रश्मी घिसिङले गोल गर्दै अन्तिम नतिजा ६-० मा टुंग्याइन्।

सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा

अब नेपालले सेमिफाइनलमा भारतसँग आइतबार महत्त्वपूर्ण भिडन्त गर्नेछ। यो खेलले साफ महिला च्याम्पियनसिपको फाइनल पुग्ने यात्रा तय गर्नेछ। अर्को सेमिफाइनलमा भने बंगलादेश र भुटानबीच प्रतिष्पर्धा हुनेछ।

नेपालको हालको लय र प्रदर्शनले उनीहरूलाई उपाधि दाबेदारका रूपमा उभ्याएको छ।


  • Jigyasa media

थप