Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपालको ११ रनको जित, सन्दीप जोराको उत्कृष्ट अर्धशतक

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

काठमाडौं, कात्तिक १७ - हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शनिबार अस्ट्रेलियाविरुद्ध ११ रनको सानदार जित हात पारेको छ। नेपालले टस हारेर ब्याटिङको निम्तो पाउँदै ६ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो।

कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्कासहित ५१ रनको उत्कृष्ट पारी खेले। उनको रिटायर्ड आउट भएपछि विवेक यादव क्रिजमा आएर थप योगदान गरेका थिए। लोकेश बमले पनि आक्रामक खेल देखाउँदै १३ बलमा ३ चौका र ३ छक्कासहित ३३ रन बनाए। विवेक यादवले १२ रन जोडे भने अन्य खेलाडीको योगदान मिलेर कुल १११ रन पुगेको थियो।

अस्ट्रेलियाले ११२ रनको लक्ष्य पछ्याउने क्रममा ६ ओभरमा १०० रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका ज्याक वुडले ५५ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंक जोड्न नसक्दा टिम ११ रनले पराजित भयो। नेपालका प्रतिश जिसीले ३ विकेट लिंदै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे भने लोकेश बम र विवेक यादवले १/१ विकेट लिए।

यसअघि, नेपालले प्रतियोगितामा इंग्ल्याण्डलाई पराजित गरेको थियो। नेपालले आज दिउँसो क्वाटरफाइनल खेल्नेछ। प्रतियोगितामा १२ टोलीहरूको सहभागिता रहेको छ।


  • Jigyasa media

थप