Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

आयोजक जर्मनीलाई २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।


मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।


स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।


स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुर्‍याए ।


त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । अतिरिक्य समयमाको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउद मैदान बाहिरिएका थिए ।


स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानङ्गै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ ।


स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

  • Jigyasa media

थप