Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

आयोजक जर्मनीलाई २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।


मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।


स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले ५१औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।


स्पेन जिततर्फ अग्रसर भइरहेका बेला ८९औं मिनेटमा जर्मनीका लागि फ्लोरिन विट्जले जोसुअ किम्मीचको पासमा बराबरी गोल गर्दै खेल रोमाञ्चक स्थितीमा पुर्‍याए ।


त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ डानी ओल्मोको पासमा मिकेल मेरिनोले ११९औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए । अतिरिक्य समयमाको इन्जुरी टाइममा स्पेनका डाद्दी कार्भाजल रातो कार्ड पाउद मैदान बाहिरिएका थिए ।


स्पेन र जर्मनी दुवैले सर्वाधिक ३-३ पटक युरो जितेका छन् । घरेलु मैदानमा प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा जर्मनीको घरेलु मैदानङ्गै उपाधि जित्ने सपना अधुरै रह्यो । स्पेन भने चौथो उपाधि जित्ने यात्रातर्फ अघि बढेको छ ।


स्पेनले अब सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको खेलको विजेतासँग खेल्नेछ ।

  • Jigyasa media

थप