Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

फेकन काभ्रेको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

  •   ८ महिना अघि | २६ पुस २०८२, शनिबार

बनेपा । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)काभ्रेको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार धुलिखेलमा फेकन नेपालका केन्द्रिय अध्यक्ष उमेश कुश्वारको प्रमुख आतिथ्यतामा तथा जिल्ला अध्यक्ष साङ्गे लामाको सभापतित्वमा साधारण सभा भव्यताकासाथ  सम्पन्न भएको हो । 

दोस्रो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी कुश्वारले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, पारदर्शी र व्यावसायिक बनाउँदै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्न फेकनको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा बताए। आपसी एकता, सहकार्य र जिम्मेवारीबोधका साथ अगाडि बढेमा काभ्रे शाखाले उदाहरणीय भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।

सभाको औपचारिक सत्रमा अध्यक्षीय मन्तव्यसहित जिल्ला  अध्यक्ष साङ्गे लामाले फेकन काभ्रेमा आवद्ध शैक्षिक परामर्श व्यवसायीहरूको हितका लागि काम गर्न आफू सदैव तत्पर रहेको बताए । 

फेकन काभ्रेका सचिव सहदेव थापाले गत आर्थिक वर्षका गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै, आय–व्यय विवरण, संगठनले सामना गरेका चुनौतीहरू तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। आगामी कार्यकालमा सञ्चालन गरिने कार्यक्रम, तालिम, क्षमता अभिवृद्धि तथा संगठन विस्तारका योजनाहरूमाथि पनि सदस्यहरूबीच विचार–विमर्श गरिएको थियो।

सो कार्यक्रममा सदस्यता विस्तारतर्फ पनि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। सभामार्फत ९ जना नयाँ सदस्यहरूलाई संगठनमा आबद्ध गरिनुका साथै ७ जना विद्यमान सदस्यहरूको सदस्यता नवीकरण गरिएको भएको अध्यक्ष लामाले जानकारी दिए । यसले संगठनप्रति बढ्दो विश्वास र आकर्षण झल्काउने विश्वास संघले गरेको छ ।

कार्यक्रममा फेकनका पूर्व केन्द्रिय अध्यक्ष राजु निरौला, केन्द्रिय वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझा, केन्द्रिय प्रथम सचिव आर.सी. केसी, केन्द्रिय सचिव आर.के. ढकाल, केन्द्रिय कोषाध्यक्ष गौतम पुडासैनी, फेकन लुम्बिनीका संस्थापक अध्यक्ष कुलदीप शर्मा, फेकन गण्डकीका अध्यक्ष सुजन बहादुर बस्नेत लगायत काभ्रे जिल्लाका शैक्षिक परामर्श व्यवसायसँग आबद्ध परामर्शदाता, शाखा पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभा सफलतापूर्वक सम्पन्न भएसँगै फेकन नेपाल काभ्रे शाखाले आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रको हितमा थप सक्रिय र सशक्त कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

  • Jigyasanepal

थप