Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

आजको मौषम पूर्वानुमान विवरण हेर्नुहोस (१ भदौ २०८१ शनिबार)

यी प्रदेशमा पर्दै छन् भारी वर्षात !

  •   २ वर्ष अघि | १ भदौ २०८१, शनिबार

काठमाण्डौ ।


१. कोशी प्रदेश: 

आज कोशी प्रदेश मा आंशिकदेखि सामान्य बदली रहने छ। केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पहाडी भेगमा बेलुकातिर भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

२. मधेश प्रदेश:

मधेश प्रदेशमा दिनभरि नै आंशिकदेखि सामान्य बदली रहने छ। विशेष गरी दिउँसो र राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।

३. बागमती प्रदेश:

बागमती प्रदेशमा बिहानदेखि नै सामान्य बदली रहनुका साथै, मध्यान्हपछिको समयमा धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यका र चुरे क्षेत्रका केही स्थानमा भारी वर्षा पनि हुनसक्छ।

४. गण्डकी प्रदेश:

गण्डकी प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहनुका साथै, केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी र उच्च हिमाली भेगमा भारी वर्षा हुने सम्भावना रहेको छ।

५. लुम्बिनी प्रदेश:

लुम्बिनी प्रदेशमा सामान्य बदलीको अवस्था रहनुका साथै, केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। चुरे र पहाडी क्षेत्रमा वर्षा हुन सक्ने सम्भावना छ।

६. कर्णाली प्रदेश:

कर्णाली प्रदेशमा दिनभरि नै सामान्य बदली रहनेछ। दिउँसो र राति मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेष गरी मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना छ।

७. सुदूरपश्चिम प्रदेश:

सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। पहाडी र तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।


वर्षात ले हुने अप्रिय घटनामा सचेत हुन र सतर्क रहनुहोस् सावधानी अपनाउन आग्रह गरिन्छ, विशेष गरी ती क्षेत्रहरूमा जहाँ भारी वर्षाको सम्भावना रहेको छ। बाढी, पहिरो र जलप्लावनको जोखिमलाई ध्यानमा राखी सतर्क रहनुहोस्। शुभ दिन।।

  • Jigyasa media

थप