मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा लाभ हुनेछ। आत्मबल उच्च रहनेछ। दिनको उत्तरार्धमा मानसिक तनाव आउन सक्छ, तर धैर्यले काम लिनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक वातावरण सुखद रहन सक्छ। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ। नयाँ योजना बने पनि तत्काल लागु नगर्नु राम्रो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पढाइमा मन नलाग्ने सम्भावना छ। प्रेममा चिसोपन देखिन सक्छ। संयमित व्यवहार गर्दा विवाद टर्न सकिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनलाभको राम्रो योग छ। सवारीसाधनमा ध्यान पुर्याउनुहोस्। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उर्जाशील अनुभव हुनेछ। नेतृत्व क्षमता देखिनेछ। महत्वपूर्ण कामको सुरुवातका लागि दिन अनुकूल छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कमजोरी स्वीकार गर्नु बुद्धिमानी हुनेछ। मानसिक तनाव हटाउन ध्यान वा एकान्त उपयुक्त हुनेछ। यात्रामा लाभ हुने दिन।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक प्रतिष्ठा बढ्न सक्छ। नयाँ सम्बन्ध बन्ने सम्भावना छ। खर्च बढ्न सक्छ, सन्तुलनमा ध्यान दिनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी निकाय वा कानुनी कार्यमा प्रगति हुनेछ। दिउँसोपछिको समय अलिक तनावपूर्ण हुन सक्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा आध्यात्मिक चासो बढ्नेछ। नयाँ ठाउँको यात्रा हुन सक्छ। विदेश सम्बन्धी कार्यमा सफलता मिल्ने योग छ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत खुल्नेछन्। शत्रु पक्ष कमजोर बन्नेछ। ऋण र तिर्ने समस्यामा सुधार आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारी वा दाम्पत्य सम्बन्धमा मनमुटाव हुन सक्छ। निर्णयमा ढिलो नगर्नु होला। नयाँ जिम्मेवारी थपिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सुधार हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रतिस्पर्धीलाई सजिलै जित्न सकिनेछ। शुभ समाचार सुन्न पाइनेछ।
- R