Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  •   १ हप्ता अघि | ६ साउन २०८३, बुधबार

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी वाग्मती, गण्डकी, कोसी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोसी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि मौसम बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान सम्भावित स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आगामी तीनदेखि चार दिन वर्षाको तीव्रता केही घट्ने देखिए पनि दैनिक वर्षा जारी रहनेछ। उनका अनुसार तराईका धेरै स्थानमा तुलनात्मक रूपमा कम र पहाडी क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

  • Jigyasanepal

थप