काठमाण्डौ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईको सामाजिक प्रतिष्ठा बढ्नेछ। पुराना मित्रसँग भेटघाट हुनेछ। पारिवारिक माहोलमा आनन्दित समय बित्नेछ। व्यवसायमा नयाँ सम्झौता गर्ने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष बलियो हुनेछ। व्यापारमा नाफा हुनेछ। कुनै नयाँ प्रोजेक्ट सुरु गर्न अनुकूल समय छ। घरपरिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो विचार र कार्यशैलीले अन्यलाई प्रभावित पार्न सक्नुहुन्छ। मानसिक शान्तिका लागि ध्यानमा समय दिनुहोस्। स्वास्थ्यमा थोरै ध्यान पुर्याउनु पर्ने दिन छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन मिश्रित फल दिनेछ। चुनौतीहरू सामना गर्नु पर्ने हुन सक्छ तर धैर्यताले सफलता मिल्नेछ। साथीभाइ र परिवारको साथ आवश्यक हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारी कार्यमा रुचि बढ्नेछ। व्यवसायिक क्षेत्रबाट विशेष लाभ प्राप्त हुनेछ। आत्मविश्वासको वृद्धि हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक निर्णयमा सतर्कता अपनाउनुहोस्। खर्चमा बृद्धि हुन सक्छ। घरायसी मामिलामा अलि बढी ध्यान दिनु पर्ने समय हो।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै समयदेखि प्रतीक्षित काम पूरा हुन सक्छ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। सन्तानबाट खुसी प्राप्त हुनेछ। नजिकको साथीको सहयोगले फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन अलि चञ्चल हुनेछ। आर्थिक जोखिम उठाउनु राम्रो हुनेछैन। पुराना समस्याहरूमा सुधार हुनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धेरै समयदेखि चल्दै आएको काम आज फत्ते हुनेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर हुनेछ। यात्रामा जानुपर्दा ध्यान पुर्याउनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सजग भएर काम गर्नुहोस्, अचानक निर्णयले अप्ठ्यारो निम्त्याउन सक्छ। व्यवसायिक क्षेत्रमा केही समस्याहरू देखिन सक्छन्। धैर्य कायम गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन राम्रो हुनेछ। ज्ञान र आत्मविश्वासले तपाईलाई अघि बढ्न प्रेरित गर्नेछ। प्रेम सम्बन्धमा नजिकको साथीको सहयोग पाउने दिन छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ योजना बनाउन अनुकूल समय छ। आर्थिक पक्ष सुदृढ हुनेछ। परिवारमा खुसीयाली छाउनेछ। यात्रामा जाने योजना भए उत्तम छ ।
राशिफल तपाईको व्यक्तिगत ग्रह स्थितिको आधारमा फरक पर्न सक्छ। राम्रो वा खराब समयको सामना गर्दा धैर्य र आत्मविश्वासको साथ अगाडि बढ्नुहोस्। तसर्थ पाठकवृन्द तपाईंको भबिस्य तपाईंको आजको कर्ममा भर पर्छ।
- Jigyasa media