Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

तपाईंको आजको दिन कस्तो रहनेछ? हेर्नुहोस् राशीफल

२१ कार्तिक २०८१, बुधबार

  •   २ वर्ष अघि | २१ कार्तिक २०८१, बुधबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज आत्मविश्वासले काम गर्न सकिनेछ। घर-परिवारमा सामञ्जस्य बढ्नेछ। परिश्रम अनुसार लाभ प्राप्त हुनेछ। नयाँ योजनामा हात हाल्ने समय अनुकूल देखिन्छ।


वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)

सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ हुने सम्भावना छ। तर, खर्च बढ्ने संकेत छ, हिसाब-किताबमा ध्यान दिनुहोला।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शारीरिक थकान महशुस हुनेछ। मानसिक तनाव बढ्न सक्छ। व्यावसायिक क्षेत्र पनि सामान्य रहने देखिन्छ, तर साथीभाइबाट सहयोग मिल्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज काममा प्रगति हुनेछ। व्यवसायमा फाइदा हुनेछ। नयाँ ज्ञान आर्जन हुनेछ। पारिवारिक साथ पाउनुका साथै रमाइलो यात्रा पनि हुनसक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अधिक धन लाभको सम्भावना छ। पारिवारिक जीवनमा सुख शान्ति छाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। प्रेममा सफलता मिल्नेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज विवादमा फस्ने सम्भावना छ। संयम रहनुहोला। साना तिनासँग विवाद नगर्नु राम्रो हुन्छ। स्वास्थ्यमा पनि ध्यान दिनुहोला।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधुरा कामहरू आज पूर्ण हुनेछन्। आर्थिक लाभ पनि मिल्नेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ। पारिवारिक वातावरणमा मिठास आउनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्नो प्रयासमा सफलता मिल्नेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक क्षेत्र पनि राम्रो देखिन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समाजसेवामा मन जानेछ। धार्मिक यात्रा वा धार्मिक कार्यमा संलग्नता बढ्नेछ। नयाँ अवसरको खोजी गर्ने समय हो, तर लगानी गर्दा सावधानी अपनाउनु होला।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन थकान महशुस हुन सक्छ। खर्च बढ्ने सम्भावना छ। साथीभाइसँग विचार नमिल्न सक्छ। पारिवारिक झमेलामा नफस्नु राम्रो हुन्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विद्यार्थीहरूको लागि सफलता मिल्ने दिन हो। व्यापारमा नाफा हुनेछ। प्रेम सम्बन्धमा नजिकिने मौका पाउनु हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा प्रगति हुनेछ। सानातिना समस्या हट्नेछन्। मित्र तथा आफन्तसँग सम्बन्ध सुधारहुनेछ। मानसिक सन्तोष प्राप्त हुनेछ।

शुभ दिन।।


  • Jigyasa media

थप