मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ अवसर पाइनेछ। विद्या र प्रतिस्पर्धामा सफलता मिल्नेछ। तर, घरायसी छलफलमा संयम राख्नुपर्ला
।वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शारीरिक थकान महसुस हुनेछ। पुराना चिन्ताले मन कमजोर हुनसक्छ। आर्थिक पक्ष सामान्य रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक सुख मिल्नेछ। प्रेम र सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ। छोटो यात्रा लाभदायक बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजनामा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। तर, अरूको कुराले मन खिन्न हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै क्षमता र बौद्धिकताले अरूको ध्यान आकर्षण गर्नुहुनेछ। सानातिना विवादबाट टाढा रहनु उपयुक्त हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक लाभको संकेत छ। काममा मन जानेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र विवेकले सफलता दिलाउनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ सुरुवातको राम्रो समय हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कुनै आकस्मिक खबरले प्रभावित पार्न सक्छ। गोप्य योजना गोप्यै राख्नु उत्तम हुनेछ। मानसिक एकाग्रता बढाउनुहोस्।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) सामाजिक र साहित्यिक गतिविधिमा सक्रियता बढ्नेछ। मान्यजनको साथ पाइनेछ। भविष्यप्रति आशावादी बन्ने दिन हो।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि) पेशागत उन्नति सम्भव छ। राम्रो निर्णय लिन सक्नुहुनेछ। महत्वपूर्ण भेटघाटले नयाँ बाटो देखाउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दूरगामी योजना बनाउने समय हो। शैक्षिक तथा व्यवसायिक काममा सुधार आउनेछ। धार्मिक कार्यमा मन जानेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्षमा सुधार आउनेछ। पुरानो समस्या समाधान हुने संकेत छ। आत्मबल बढ्नेछ।
-
Jigyasanepal