Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ साल वैशाख ७ गते, आइतबारको दैनिक राशीफल हेर्नुहोस्

  •   २ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज तपाईंको आत्मविश्वास गजबको रहनेछ। नयाँ योजना बनाउने र त्यसमा सुरुवात गर्ने अनुकूल समय हो। प्रेम सम्बन्धमा भावनात्मक निकटता बढ्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धनको आगमनका संकेत छन् तर खर्चमा संयमता आवश्यक छ। मित्रजनसँगको सहकार्य लाभदायी बन्नेछ। परिवारमा सन्तुलन राख्नुस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। कार्यक्षेत्रमा नेतृत्वदायी भूमिका निभाउन सकिनेछ। यात्राको सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मानसिक चञ्चलता रहन सक्छ, तर परिवारको साथले राहत दिनेछ। पुराना साथी भेटिने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन आत्मविश्लेषणको लागि उपयुक्त छ। ध्यान, साधनामा मन रमाउनेछ। काममा ढिलासुस्ती भए पनि फल अनुकूल हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)प्रेममा प्रगाढता आउन सक्छ। विद्यार्थीलाई अवसरहरू मिल्नेछन्। नोकरी खोजिरहनु भएकाले सकारात्मक खबर पाउने दिन हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुराना समस्या समाधान हुने संकेत देखिन्छ। वैदेशिक सम्बन्ध र सम्पर्कमा सुधार आउनेछ। जीवनसाथीसँग आत्मीयता बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) खर्चमा बढोत्तरी भए पनि इच्छित काम बन्नेछन्। आत्मबल बढ्ने समय हो। मनको कुरा व्यक्त गर्दा हल्का महसुस हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रेम प्रस्तावको सम्भावना छ। कलात्मक क्षेत्रमा काम गर्नेहरूलाई राम्रो अवसर मिल्नेछ। आत्मीय साथीको साथ पाउने दिन हो।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आफ्नो दक्षता देखाउने राम्रो समय हो। आकस्मिक धन लाभको योग छ। घरपरिवारसँग समय बिताउने मौका मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विदेश सम्बन्धी कार्यमा प्रगति हुनेछ। मनले चाहेको कुरा ढिलो भए पनि पुरा हुने संकेत छ। आत्मविश्वास बढाउने दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)भावनात्मक निर्णयमा होसियारी अपनाउनुहोस्। आर्थिक पक्ष सुदृढ बन्छ। मनको अस्थिरता हटाउन ध्यान लाभदायक हुनेछ।

  • G

थप