🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक सोचको प्रभाव रहनेछ। अघिदेखि रोकिएका कामहरू बन्नेछ। मान–सम्मान पाउने दिन हो। तर साथीभाइसँग सल्लाह नलिइ ठूला निर्णय नगर्नु होला।
🔯 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारमा स्नेह र समझदारी बढ्नेछ। व्यवसायमा सामान्य फाइदा मिल्नेछ। पुराना साथीभाइसँग भेटघाट हुने सम्भावना छ। यात्रामा भने सर्तकता अपनाउनु ठीक हुन्छ।
🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक जिम्मेवारी बढ्न सक्छ। केही असमझदारीका कारण सम्बन्धमा चिसोपन आउन सक्छ। योजना अलिकति ढिलाइ भए पनि भविष्यमा राम्रो हुनेछ।
🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ अवसरहरू देखिनेछन्। रोकिएका कामहरू अगाडि बढ्नेछन्। प्रेम–सम्बन्धमा पनि मिठास आउने सम्भावना छ। छोटो यात्रा वा सवारी चलाउँदा भने होसियार हुनुहोला।
🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चार, मिडिया वा सार्वजनिक कार्यमा सफलता मिल्नेछ। समाजमा चर्चा पाउने दिन हो। अरूका कुरामा बढी ध्यान दिएर आफ्ना कार्यमा ढिलासुस्ती नगर्नु होला।
🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मानसिक तनाव कम हुनेछ। पढाइ, प्रतियोगिता वा करियरमा राम्रो प्रगति हुनेछ। परिश्रमले फल दिने दिन हो। नयाँ योजना सुरु गर्न अनुकूल समय।
🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै सोच्दा अवसर छुट्न सक्छ। भावनामा बहिएर निर्णय नलिनुहोस्। घर–परिवारको साथ पाइनेछ। सन्तानपक्षबाट सुखद समाचार आउन सक्छ।
🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक कलह टाढिनेछ। आत्मबल बढ्नेछ। वैदेशिक सम्भावना खोज्नेहरूका लागि शुभ समय छ। व्यापारमा पनि नयाँ मोड आउन सक्छ।
🔯 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरै जिम्मेवारी आइलाग्न सक्छ। आज तपाईंको धैर्यको परीक्षा हुन सक्छ। आत्मसंयम र धैर्य राख्न सके राम्रो हुनेछ। पारिवारिक सल्लाहबाट लाभ हुनेछ।
🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सम्बन्ध सुदृढ हुनेछन्। दाम्पत्य जीवनमा मिठास आउनेछ। अध्ययन वा लेखनमा संलग्न हुनेहरूको लागि राम्रो समय। आत्मविश्वास बढ्नेछ।
🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष सामान्य रहनेछ। फजुल खर्चले बजेट गडबड हुन सक्छ। कुनै पुरानो साथीको भेटले उत्साह जाग्नेछ। योजना गुप्त राख्दा फाइदा हुनेछ।
🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ काममा हात हाल्ने अनुकूल समय हो। समय व्यवस्थापनमा ध्यान दिनुहोस्। प्रेम–सम्बन्धमा मिठास र समझदारी बढ्नेछ। पारिवारिक समर्थनले आत्मबल बढ्नेछ।
-
Jigyasanepal