मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानो प्रयासमै ठूलो सफलता मिल्नेछ। कामकाजमा गति आउनेछ। सामाजिक कार्यमा प्रशंसा पाउने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष मध्यम रहनेछ। नयाँ कार्यमा हात हाल्दा सोचविचार गर्नुपर्ने दिन हो। स्वास्थ्यप्रति सचेत रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धन, मान र प्रतिष्ठा बढ्ने दिन छ। अध्ययन–अध्यापनमा राम्रो प्रगति हुनेछ। प्रेम जीवनमा रमाइलोपन बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज असावधानीले काम बिग्रन सक्छ। नजिकका मान्छेसँग विवाद हुनसक्छ। खर्च बढ्ने संकेत छ, धैर्यतापूर्वक अघि बढ्नु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा लाभ हुने समय छ। राजनीतिक वा सामाजिक क्षेत्रमा अवसर मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा व्यस्तता बढ्नेछ। यात्रामा जाँदा सजग रहनुहोस्। पारिवारिक जिम्मेवारीले दबाब बढाउन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जन र रमाइलोमा समय बित्नेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। अड्किएका काम बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त र साथीभाइसँग मतभेद बढ्न सक्छ। आर्थिक पक्षमा सजग रहनुहोस्। काममा ढिलाइ भए पनि अन्ततः लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा गर्ने अवसर मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। नयाँ काममा आत्मबल बढ्ने दिन छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरायसी खर्च बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। परिवारमा मतभेद टाढा राखी संयमित बन्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ अवसर हात पर्नेछ। व्यवसायिक क्षेत्रमा लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रताको सम्बन्ध मजबुत बन्नेछ। धन लाभको सम्भावना छ। धार्मिक वा आध्यात्मिक यात्राको अवसर मिल्न सक्छ।
-
Jigyasanepal