Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

कार्तिक ३०, आइतबार 2082 — दैनिक राशिफल

  •   ८ महिना अघि | ३० कार्तिक २०८२, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज ऊर्जा प्रबल रहनेछ। काममा तिव्र प्रगति हुनेछ। आर्थिक पक्ष मजबुत रहने संकेत। पारिवारिक जमघट वा रमाइलो भेटघाट हुन सक्छ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन लाभको राम्रो योग। रोकिएका काम बन्नेछन्। पारिवारिक तर्फबाट शुभ समाचार आउन सक्छ। स्वास्थ्य सामान्य तर खानपिनमा ध्यान दिनु राम्रो।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यक्तित्व चम्किने दिन। सामाजिक मान–सम्मान बढ्नेछ। नयाँ योजना वा सम्झौता लाभदायक। बौद्धिक क्षेत्रका व्यक्तिहरूका लागि विशेष शुभ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सक्चर्य खर्च बढ्न सक्ने संकेत। मन केही थकित महसुस हुन सक्छ। अनावश्यक कुरामािदेखि टाढा बस्नु उचित। आध्यात्मिक चिन्तनले शान्ति मिल्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

इच्छा पूरा हुने सम्भावना। साथीभाइबाट सहयोग मिल्नेछ। सामाजिक र व्यवसायिक काममा गति आउनेछ। प्रेम जीवनमा खुसी छाउने योग।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कर्मक्षेत्रमा उछाल। उच्च पदस्थ व्यक्तिको समर्थन प्राप्त हुनेछ। जिम्मेवारी बढे पनि मन प्रसन्न रहनेछ। परिवारसँग समय बिताउन पाइनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

भाग्य मजबूत। यात्रा, अध्ययन वा परीक्षा सम्बन्धी कार्य सफल। कानुनी वा प्रशासनिक काममा अनुकूलता। मानसिक प्रसन्नता रहनेछ।


वृश्चिक (तो, न, नि, नु, ने, नो, या, यि, यु)

संयम आवश्यक दिन। आर्थिक र सम्बन्ध दुवैमा उतारचढाव। गोप्य कुरा अरूसँग नबाँड्नु राम्रो। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)

सहयोग, साझेदारी र सम्बन्धमा मिठास बढ्नेछ। दाम्पत्य जीवन सुकुमार। व्यापार–व्यवसायमा वृद्धि। सामाजिक प्रतिष्ठा मजबुत।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामको चाप बढ्नेछ तर परिणाम राम्रो हुनेछ। स्वास्थ्यमा हल्का समस्या आउन सक्छ। धैर्य आवश्यक। अरूका लागि महत्वपूर्ण निर्णय गर्नुपर्न सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनोरञ्जन, प्रेम र सिर्जनात्मकता बढ्ने समय। विद्यार्थी तथा कलाकारका लागि शुभ। आर्थिक पक्ष पनि राम्रो। मन हल्का र उत्साहित।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

घर–परिवारको वातावरण सुखद। जमिन–जायदाद वा सम्पत्ति विषयक काम अगाडि बढ्नेछ। पारिवारिक निर्णयमा सम्मान मिल्नेछ। आत्मविश्वास बढ्ने दिन।

  • Jigyasanepal

थप