♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यमा आशा गरेअनुसार सफलता मिल्नेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय छ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ।
शुभ रंग: रातो | शुभ अंक: ९
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारसँग सम्बन्ध प्रगाढ बन्नेछ। धन आगमनको संकेत छ, तर खर्च पनि बढ्न सक्छ। भावनामा बहिएर निर्णय नलिनुहोस्।
शुभ रंग: हरियो | शुभ अंक: ६
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक सम्मान पाइनेछ। नयाँ योजना बनाउन सकिने दिन हो। सानातिना यात्राबाट लाभ मिल्ने सम्भावना।
शुभ रंग: पहेंलो | शुभ अंक: ५
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक निर्णयले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्। पुराना मित्रसँग भेटघाटको सम्भावना।
शुभ रंग: सेतो | शुभ अंक: २
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको प्रशंसा पाइनेछ। आत्मविश्वास बढ्नेछ। सानो लगानीबाट लाभ मिल्न सक्छ। प्रेमप्रसङ्गमा सुधार आउने संकेत।
शुभ रंग: सुन्तले | शुभ अंक: १
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक तनाव बढ्न सक्छ, धैर्य आवश्यक छ। आर्थिक दृष्टिले सामान्य दिन। परिश्रम गर्दा मात्र सफल हुनेछ।
शुभ रंग: खैरो | शुभ अंक: ४
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सञ्चार र लेखन कार्यमा सफलता मिल्नेछ। सन्देश पुर्याउने कार्य सफल हुनेछ। साझेदारीमा लाभ पाइने सम्भावना।
शुभ रंग: गुलाबी | शुभ अंक: ७
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक तनाव कम हुनेछ। विद्या र प्रतिस्पर्धामा सफलता पाइने दिन। सञ्चयको अवसर मिल्नेछ।
शुभ रंग: मरून | शुभ अंक: ३
♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पढाइ वा अनुसन्धानमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मिठास थपिनेछ। नयाँ मित्रता फस्टाउने सम्भावना।
शुभ रंग: सुन्तला | शुभ अंक: ८
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्रत्याशित खर्च बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। निर्णय सोचविचार गरेर लिनु उपयुक्त हुन्छ।
शुभ रंग: निलो | शुभ अंक: ५
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सञ्चार, प्रविधि वा विदेशसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। आत्मबल उच्च हुनेछ। साझेदारी लाभदायक बन्नेछ।
शुभ रंग: खैरो | शुभ अंक: २
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धार्मिक र आध्यात्मिक रुचि बढ्नेछ। पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ। नयाँ कामको थालनी गर्न आजको दिन शुभ छ।
शुभ रंग: बैजनी | शुभ अंक: ७
-
Jigyasanepal