Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

तपाईँको आजको दिन यस्तो रहनेछ हेर्नुहोस् राशिफल ( भदौ २२ शनिबार २०८१)

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज उत्साहजनक दिन हुनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ भने नयाँ जिम्मेवारी हात लाग्नेछ। परिवारसँग समय बिताउन पाउँदा मन प्रसन्न हुनेछ। आर्थिक लाभ हुने सम्भावना छ।

वृष (इ,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आज खर्चमा बृद्धि हुनेछ। स्वास्थ्यमा ध्यान दिनु पर्ने समय हो। काममा अवरोध आउन सक्छ। धैर्यका साथ अघि बढ्नु नै राम्रो हुनेछ। महत्वपूर्ण निर्णय नगर्नु नै बुद्धिमानी हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज मित्रजनसँग रमाइलो समय बित्नेछ। मानसिक शान्ति प्राप्त हुनेछ। सानोतिनो यात्राको सम्भावना छ। सानातिना लाभका अवसर प्राप्त हुनेछन्।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज सामाजिक कार्यमा संलग्न हुने दिन हो। पुरानो समस्याको समाधान हुनेछ। परोपकारमा ध्यान जानेछ। पारिवारिक जीवनमा सुधार आउनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन कार्यमा बृद्धि हुनेछ। व्यापार व्यवसायमा मुनाफा हुनेछ। स्वास्थ्य सबल हुनेछ। अरूसँग मिलेर काम गर्दा राम्रो उपलब्धि हात लाग्नेछ।  

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज आफ्नो मेहनतले प्रतिष्ठा बढ्नेछ। साथीभाइको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा सन्तोषजनक प्रगति हुनेछ। पारिवारिक जीवनमा खुशी छाउनेछ। 

तुला (रा,री,रू,रे,रो,ता,ती,तू,ते)

आज ध्यान दिनुपर्ने समय छ। योजना अनुसार काम नगर्दा असफलतामा पर्ने सम्भावना छ। यात्रामा सतर्क रहनु पर्नेछ। धैर्यपूर्वक कदम चाल्नु उचित हुनेछ। 

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ साथीहरू बन्नेछन्। मानसिक सन्तुष्टि प्राप्त हुनेछ। सुखद यात्रा हुन सक्छ। 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आजको दिनमा धन संचित गर्न सकिने समय हो। परिश्रमअनुसार फल पाइनेछ। साथीभाइको सहयोगले कठिनाइहरू पार गर्न सकिनेछ। प्रेम जीवनमा पनि सकारात्मकता देखिनेछ।

मकर (भो,जा,जी,खि,खु,खे,खो,गा,गी) 

आज आकस्मिक धनलाभको सम्भावना छ। पारिवारिक सम्बन्धमा प्रगाढता बढ्नेछ। नयाँ व्यवसायिक अवसरहरू मिल्नेछन्। मित्रजनसँग रमाइलो समय बित्न सक्छ। 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

आज स्वास्थ्यमा सुधार आउनेछ। व्यापारिक यात्रा सफल हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवनमा पनि नयाँ उत्साह आउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  

आज आकस्मिक खर्च हुने सम्भावना छ। मनमा दुविधा पैदा हुनेछ, तर काममा ध्यान केन्द्रित गर्दा सफलता मिल्नेछ। धैर्यपूर्वक काम गर्नुपर्ने समय हो। 


प्रिय पाठकवृन्द -- तपाईंको भबिस्य आजको कर्म र सोचाइले जीवनको मार्ग निर्धारण गर्छ। शुभ दिन।।

  • Jigyasa media

थप