Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

बाढीको कहर : मृतकको संख्या ३५९ पुग्यो

  •   २ महिना अघि | ११ भदौ २०८३, बिहिबार

भदौ ११, २०८३ बिहीबार, काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबार आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका हुन्। प्रहरीको पछिल्लो विवरणअनुसार बिहीबार साँझ ५ बजेसम्म ३५९ शव फेला परिसकेका छन्।

प्राप्त विवरणअनुसार चितवनमा सबैभन्दा धेरै १३२ शव भेटिएका छन्। त्यस्तै धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ शव फेला परेको प्रहरीले जनाएको छ। नवलपरासी पूर्व र नुवाकोटमा समेत शव भेटिएका छन्।

बाढीका कारण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप