भदौ ११, २०८३ बिहीबार, काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बुधबार आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका हुन्। प्रहरीको पछिल्लो विवरणअनुसार बिहीबार साँझ ५ बजेसम्म ३५९ शव फेला परिसकेका छन्।
प्राप्त विवरणअनुसार चितवनमा सबैभन्दा धेरै १३२ शव भेटिएका छन्। त्यस्तै धादिङमा ३३, गोरखामा ३०, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ शव फेला परेको प्रहरीले जनाएको छ। नवलपरासी पूर्व र नुवाकोटमा समेत शव भेटिएका छन्।
बाढीका कारण भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
-
Jigyasanepal