Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पहाडमा वर्षा, तराईमा गर्मी बढ्दै; मेघगर्जन र चट्याङको जोखिम कायम

  •   ४ महिना अघि | २१ जेष्ठ २०८३, बिहिबार

काठमाडौँ, जेठ २१ — देशका हिमाली तथा पहाडी भू–भागमा वर्षाको सम्भावना रहे पनि तराई–मधेश क्षेत्रमा गर्मी बढ्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्दै जाने तथा केही स्थानमा ‘तातो दिन’को अवस्था रहने जनाएको छ।

महाशाखाका अनुसार हाल पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित बनेको छ। अहिले गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

बिहीबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्हरूले जनाएका छन्।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र मधेश तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि हिमाली भू–भागमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्र तथा मधेश र कोशी प्रदेशका तराईमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, देशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

वर्षाको सम्भावना भए पनि तराई–मधेश क्षेत्रमा तापक्रम क्रमशः बढ्दै जाने संकेत देखिएकाले अत्यधिक गर्मीबाट बच्न पर्याप्त पानी पिउने, दिउँसोको चर्को घाममा अनावश्यक बाहिर ननिस्कने तथा स्वास्थ्यमा विशेष ध्यान दिन विभागले सुझाव दिएको छ।

  • Jigyasanepal

थप