Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

स्वर्गद्वारी जादै गरेको जीप दुर्घटना, एक बालिकाको मृत्यु

  •   ५ महिना अघि | १० बैशाख २०८३, बिहिबार

प्यूठान । स्वर्गद्वारी जान भारतीय तिर्थयात्री चढेको जीप दुर्घटना हुँदा  एक बालिकाको ज्यान गएको छ । बिहीबार  दिउँसो स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जीप दुर्घटनामा ३ वर्षीया काब्या मौरीयाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतको महाराजगन्ज थाना मेटौली निवासी मौरीयाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताउनुभयो । 

२ जना गम्भीर घाईते सहित १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाईएको उहाँले जानकारी दिनुभयो ।

 मुस्ताङ जिप आफै अनियन्त्रीत भई सडक देखि करीब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Jigyasanepal

थप