Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

बीपी राजमार्गको सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृतक सबै ८ जनाको पहिचान खुल्यो

  •   ३ महिना अघि | ३० जेष्ठ २०८३, शनिबार

काभ्रे, जेठ ३० — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ स्थित बीपी राजमार्गको सेल्फीडाँडामा शुक्रबार भएको भीषण बस दुर्घटनामा ज्यान गुमाएका सबै ८ जनाको पहिचान खुलेको छ। बनेपाबाट रोशी गाउँपालिका–६ सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो।

मृत्यु हुनेहरूको विवरण

मेघबहादुर तामाङ (७३) — रोशी गाउँपालिका–६, काभ्रे

फुलमाया तामाङ (३४) — रोशी गाउँपालिका–७, काभ्रे

इन्द्रबहादुर तामाङ (७५) — रोशी गाउँपालिका–६, काभ्रे

प्यारीमाया तामाङ (६०) — रोशी गाउँपालिका–८, काभ्रे

बमबहादुर भण्डारी (३०) — दैलेख, त्रिनेत्र दल गण भकुण्डेबेँसीमा कार्यरत नेपाली सेनाका अमल्दार

सुमि तामाङ (२२) — घ्याङलेक गाउँपालिका–४, सिन्धुली (उनका श्रीमान् निराजन घिसिङले सनाखत गरेका)

राजु तामाङ (५५) — रोशी गाउँपालिका–६, काभ्रे

माया तामाङ (६०) — रोशी गाउँपालिका–७, काभ्रे

घाइतेहरूको विवरण

दुर्घटनामा १६ जना घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

अनिशा तामाङ (२२), रोशी–८ — हात र खुट्टामा चोट, अवस्था मध्यम।

विष्णु डोल्मा तामाङ (२०), रोशी–६ — निधार, नाक र पेटमा चोट, अवस्था मध्यम।

धनबहादुर तामाङ (६०), रोशी–६ — टाउको र अनुहारमा चोट, अवस्था मध्यम।

चन्द्र तामाङ (३०), रोशी–६ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम।

रमिता वाइबा (१८), रोशी–६ — अनुहार र देब्रे खुट्टामा चोट, अवस्था मध्यम।

मनब तामाङ (४०), रोशी–६ — टाउको, अनुहार र ढाडमा चोट, अवस्था मध्यम।

डम्बरबहादुर शाह (६०), रोशी–७ — टाउको, दाहिने हात र खुट्टामा गम्भीर चोट।

कृष्णबहादुर तामाङ (४३), रोशी–८ — टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम।

सुरेशबहादुर बादी (२५), बारबर्दिया–१२, बर्दिया — निधार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम।

घोया सिंह तामाङ (३४), बनेपा–३ — दाहिने खुट्टा भाँचिएको, दाहिने हातमा चोट, अवस्था मध्यम (चालक)।

विष्णुमाया लामा (६२), रोशी–२ — टाउकोमा चोट, अवस्था मध्यम।

मनुराज तामाङ (४३), तेमाल–८ — टाउको, घाँटी र छातीमा चोट, अवस्था मध्यम।

सुबास तामाङ (४), रोशी–६ — देब्रे खुट्टामा चोट, अवस्था मध्यम।

उग्रेन लामा (१८ महिना), रोशी–६ — टाउकोमा चोट, अवस्था मध्यम।

सार्कीमान लामा (७७), रोशी–६ — टाउको र छातीमा चोट, अवस्था गम्भीर।

बिबिमाया तामाङ (२२), रोशी–६ — टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। स्थानीयवासीका अनुसार सेल्फीडाँडा–बुच्चाकोट क्षेत्र विगतदेखि नै दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ।

  • Jigyasanepal

थप