Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

युवक मृत फेला, गोली प्रहारको आशंका

  •   २ वर्ष अघि | १७ फाल्गुन २०८१, शनिबार

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवक रहस्यमय अवस्थामा मृत फेला परेका छन्। मायादेवी गाउँपालिका–२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोध आफ्नै घरको बरण्डामा रगतले लतपतिएको अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रारम्भिक अनुसन्धानमा लोधको गोली प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ। वडाध्यक्ष अग्नु यादवले शरीरभरि रगत देखिएकाले गोली हानिएको हुन सक्ने बताएका छन्।

एसपी रञ्जितसिंह राठौरले घटनाबारे थप अनुसन्धान भइरहेको बताए। "गोली हानिएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्र यकिन हुन सक्छ," उनले भने।

घटनापछि मृतकका दाजु फरार रहेको र उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, घरायसी विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ।


  • Jigyasa media

थप