Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

डडेल्धुरामा ट्याक्टरको ठक्करबाट दुई युवकको मृत्यु

दुर्घटनापछि चालक फरार, खोजतलास तीव्र

  •   ८ महिना अघि | २७ पुस २०८२, आइतवार

डडेल्धुरा, पुस २७ । डडेल्धुरामा शनिबार साँझ भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका दुवै युवकलाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना परशुराम नगरपालिका–९ कुयापानीमा भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा परशुराम नगरपालिका–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत जोगबुढाबाट गाईबाँधेतर्फ जाँदै गरेको से.२त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परी दुवै गम्भीर घाइते भएका युवकलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीको भनाइ छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन्। परशुराम नगरपालिका निवासी ३२ वर्षीय सुरेश भट्ट दुर्घटनापछि घटनास्थलबाट भागेको प्रहरी जनाएको छ। फरार चालकको खोजतलास तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

  • Jigyasanepal

थप