Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

बागलुङको सामुदायिक वनमा डढेलो: भेडीगोठ उच्च जोखिममा

  •   २ वर्ष अघि | ३ फाल्गुन २०८१, शनिबार

बागलुङ – निसीखोला गाउँपालिका–६ को सिंवाद्वार क्षेत्रमा लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। शुक्रबार दिउँसो २ बजे सुरु भएको आगलागी झन् फैलिँदै गएकाले स्थानीयवासी चिन्तित बनेका छन्।

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, र सुन क्षेत्रका सामुदायिक वनमा फैलिएको डढेलोका कारण त्यहाँ रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा परेका छन्।

डढेलो नियन्त्रणका लागि स्थानीयवासी र निसी प्रहरी चौकीबाट टोली परिचालित भए पनि कठिनाइ भोग्नु परेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। ‘डढेलो लागेको क्षेत्र भेडाचरनको लागि प्रयोग गरिन्छ, त्यहाँ हजारौं भेडाबाख्रा छन्, जुन आगलागीको उच्च जोखिममा छन्,’ उनले भने।

डढेलोको कारण अझै पत्ता लाग्न सकेको छैन। लगातार हावा चलिरहेकाले आगो नियन्त्रण गर्न कठिन भइरहेको स्थानीयहरूले बताएका छन्।



  • Jigyasa media

थप