Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

तीनकुनेमा टिपर दुर्घटना: काभ्रेका एक जनाको मृत्यु, अर्का घाइते

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

काठमाडौं, चैत २ – काठमाडौंको तीनकुनेमा भएको सडक दुर्घटनामा काभ्रेका एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान करिब ४:३० बजे तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–११ का सुकराम तामाङबेथानचोक गाउँपालिका–६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो, तर उपचारका क्रममा बिहान ५:३० बजे सुकराम तामाङको मृत्यु भएको छ।

अर्का घाइते रमेश तामाङको उपचार जारी रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर विमानस्थल कार्गो क्षेत्रभित्र फेला परेको छ भने चालक भने अझै फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप