Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

नश्ल सुधारका लागि ऐतिहासिक कदम: दुई हप्ते पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम सुरू

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

काठमाडौं— नेपालमा पशु नश्ल सुधारका क्षेत्रमा नयाँ युगको संकेत गर्ने गरी नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ को आयोजनामा राष्ट्रिय पशु प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्र को समन्वयमा दुई हप्ते पशु प्रजनन तथा कृत्रिम गर्भाधान तालिम सुरू भएको छ।

ललितपुर, खुमलटारमा आयोजित तालिममा बारा, पर्सा, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र धादिङ लगायत विभिन्न जिल्लाका १५ जना पशु-प्राविधिकहरू सहभागी छन्। कृतिम गर्भाधान विस्तार गराउन र पशु पालन क्षेत्र व्यवसायिक हित प्रबर्दन गर्न यो तालिमले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको अतिथि वक्ताहरुले बताएका छन् । यो तालिम पोखरामा मात्रै हुने गरिए पनि पछिल्लो समय आवश्यकताको आधारमा विभिन्न ठाउँमा गरिँदै आएको बताइन्छ ।


विशिष्ट अतिथिहरूको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न

तालिमको उद्घाटन कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख रामानन्दन तिवारी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल विशेष अतिथि रहनुभएको थियो।

त्यसैगरी, अनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख सागर पौडेल, काभ्रे तथा ललितपुर पशु-सेवा कार्यालयका प्रमुख डा. सृजा वाग्ले, पशु-सेवा कार्यालयका काभ्रेका पूर्वप्रमुख राजकुमार हुमागाईं, NELTA का केन्द्रीय उपाध्यक्ष पुष्कर नेपाल, प्रदेश अध्यक्ष शंकर शाही, NEVLA का केन्द्रीय उपाध्यक्ष काजी बा. बुढा, केन्द्रीय सदस्य पवन केसी, प्रदेश सदस्य पुरुश्वतम घिमिरे वडा अध्यक्ष रामेश्वर दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


तालिम समन्वयक दिपक सर लगायत प्रशिक्षकहरुको नेतृत्वमा आयोजित यो तालिमले पशु प्रजनन प्रणालीमा वैज्ञानिक सुधार ल्याउँदै कृत्रिम गर्भाधान प्रविधिको सुदृढीकरण गर्ने अपेक्षा गरिएको छ।

पशुपालन क्षेत्रमा नयाँ आयाम

नेपालमा पशुपालन व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन क्षमता वृद्धि, नश्ल सुधार र व्यावसायिक पशुपालनको विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो तालिमले देशभरका पशु-प्राविधिकहरूलाई नवीनतम प्रविधि हस्तान्तरण गर्नेछ

यस तालिमले सहभागी जिल्लाका पशु स्वास्थ्य तथा प्रजनन प्रविधिमा नयाँ युगको थालनी गर्दै कृषि क्षेत्रमै क्रान्ति ल्याउने र व्यवसायिक विस्तारमा थप राहत मिल्ने विश्वास गरिएको छ।


  • Jigyasa media

थप