Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काठमाडौं उपत्यकामा तीन दिनमा तीन हत्या, अपराधको बढ्दो चिन्ता

  •   २ वर्ष अघि | ९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं — राजधानी उपत्यकामा पछिल्ला केही दिनमा हत्या घटनाहरू बढ्दै गएका छन्। तीन दिनमै तीन जनाको ज्यान गइसकेको छ, जसले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाप्रति प्रश्न उठाएको छ।

काठमाडौंमा गल्लीमै हत्या

बिहीबार बिहान ६ बजेतिर काठमाडौं महानगरपालिका-२४ याट्खा गल्लीमा एक पुरुष मृत अवस्थामा भेटिए। स्थानीयले फोहोर राख्ने ठेला गाडामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतकको शरीर वरिपरि रगत जमेको थियो।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेज विश्लेषण गर्दा दुई युवकले बाँसको भाटाले कुटपिट गरेको देखिएको छ। सोही आधारमा झापाका १७ वर्षीय सागर महतरा र रामेछापका १६ वर्षीय सन्तोष शंकर पक्राउ परेका छन्। मृतकको पहिचान नखुले पनि उनको हातमा "सुशन शाक्य" लेखिएको ट्याटु रहेको छ।

कालीमाटीको तरकारी बजारमा हत्या

बुधबार बिहान कालीमाटी तरकारी बजारमा रामकृष्ण दाहाल नामका व्यक्ति मृत भेटिए। उनी सोही बजारमा भरियाका रूपमा कार्यरत थिए। टाउकोमा गम्भीर चोट देखिएकाले हत्या भएको आशंका गरिएको छ। प्रहरी अनुसन्धानअनुसार, राति मदिरा सेवन गरिरहेका चार व्यक्तिबीच विवाद हुँदा कुटपिट भएपछि उनको ज्यान गएको हुनसक्छ। प्रहरी स्रोतका अनुसार उनीहरूलाई नियन्त्रणमा लिइएको छ।

भक्तपुरमा युवकको शंकास्पद मृत्यु

मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खोरियामा १९ वर्षीय निरोज लामा मृत फेला परेका थिए। प्रहरीका अनुसार उनी र बादल तामाङ नामक व्यक्ति ट्याक्टर चालक थिए। मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बोलाउन खोज्दा उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। परिवारले बादलविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

हत्या घटना: संयोग कि क्रमबद्ध अपराध?

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार पछिल्ला हत्याहरू योजनाबद्ध भन्दा पनि क्षणिक आवेगका कारण भएको देखिन्छ। उनले अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति नदिइने बताएका छन्।

यसरी उपत्यकामा लगातार हत्या घटनाहरू हुनुले सुरक्षा व्यवस्थाको प्रभावकारिता प्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले अपराध न्यूनीकरणका लागि थप निगरानी गर्ने बताएको छ।

  • Jigyasa media

थप