Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

स्याङ्जामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनामा ट्याक्टर ठोक्किएर चालक महेन्द्र दमाईको मृत्यु भएको छ। 

प्रहरीका अनुसार, लु ४ त २२१ नम्बरको ट्याक्टर माटो ल्याउँदै गर्दा बायोडाँडास्थित भित्री सडकखण्डमा सडकको भित्तामा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका २८ वर्षीय चालक महेन्द्र दमाईको उपचारका क्रममा आइतबार साँझ चापाकोट अस्पतालमा मृत्यु भएको हो। दमाई पाल्पा रामपुर नगरपालिका-४ देवीस्थानका स्थायी बासिन्दा भए पनि हाल स्याङ्जाको चापाकोट १० बोटेटारमा बस्दै आएका थिए।

प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

  • Jigyasa media

थप