काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला एक लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। हिजो चाँदीको मूल्य एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
बढ्दो मूल्यले लगानीकर्तालाई थप आकर्षित गरेको देखिन्छ भने आम उपभोक्तालाई यसको असर पर्ने अनुमान गरिएको छ।
- Jigyasa media