Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

एसईई परीक्षा सकेर पौडी खेल्न गएका विद्यार्थीको तामाकोसीमा डुबेर मृत्यु

  •   २ वर्ष अघि | ७ चैत्र २०८१, बिहिबार

दोलखा, चैत ७ – एसईई परीक्षा समाप्त भएपछि पौडी खेल्न गएका एक परीक्षार्थीको तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ।

बिगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीन तामाङ परीक्षा सकेपछि साथीसँग तामाकोसी नदीमा गएका थिए। देउलाङ्गेश्वर माविका विद्यार्थी तामाङ गौरीशंकर माविमा परीक्षा दिने क्रममा जगतमा कोठा भाडामा लिइ बसेका थिए।

बिहीबार परीक्षा दिएर नुहाउन गएका तामाङ पौडी खेल्ने क्रममा नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप