Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत ११ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो।

घिसिङ २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। चार वर्षीय कार्यकालको अवधि साउन २४ मा पूरा हुने भए पनि सरकारको निर्णयसँगै उनी समयावधि समाप्त हुनु अघि नै पदमुक्त भएका छन्।

घिसिङ हालैका दिनहरूमा डेडिकेटेड र ट्रंक लाइन विवादका कारण चर्चामा थिए। उद्योगहरूको लाइन काट्ने निर्णय र सो सम्बन्धी नीतिगत बहसका कारण सरकारसँग उनको मतभेद देखिएको थियो। विद्युत् महसुल नतिरेका उद्योगहरूको लाइन काट्ने प्राधिकरणको निर्णयपछि उद्योगीहरू असन्तुष्ट बनेका थिए।

यसअघि, विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न निर्देशन दिँदै उद्योगीहरूको लाइन काटेको थियो। तर, पछिल्लो समयमा सरकारले उद्योगीहरूको मागअनुसार पुनः लाइन जडान गर्ने नीति लिएको थियो। यस विषयमा घिसिङ र सरकारबीच मतभेद देखिएको थियो।


  • Jigyasa media

थप