Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

आज शुक्रबार यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

काठमाडौं: शुक्रबार नेपालका सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्हरूले अनुमान गरेका छन्। अन्य भूभागमा भने आंशिक बदलीसहित मौसम मुख्यतः सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी भागमा बादल लाग्ने सम्भावना रहेको छ भने अन्य भूभागहरूमा आंशिक बदली रहनेछ।

विशेष गरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।


  • Jigyasa media

थप