Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

एसईई ०८१ मा नियमित विद्यार्थी शून्य भएका काभ्रेका तीन विद्यालय जुन विद्यालय नैं हाल सञ्चालनमा छैनन.!

१० भन्दा कम विद्यार्थी भएका विद्यालयहरूको संख्या २९

  •   २ वर्ष अघि | २२ फाल्गुन २०८१, बिहिबार

काभ्रेपलाञ्चोक — चैत्र ७ गते बाट देशैभर शुरू हुन लागेको एसईई परीक्षामा काभ्रे जिल्लाको तीन वटा निजी विद्यालय हाल सञ्चालन विहिन रहेको बुझिएको छ । ०८१ को एसईईमा ती तीन विद्यालयको नियमित तर्फका शून्य विद्यार्थी सहभागी हुने र ग्रेट वृद्धि तर्फ ३,१,३  सहभागी हुँदैछन् ।

सामुदायिक विद्यालयहरूमा विद्यार्थीको घट्दो संख्या गम्भीर चिन्ताको विषय बन्दै गएको बेला ति निजी बोर्डिङ स्कुलमा समेत शून्य विद्यार्थी हुनु विद्यार्थी संख्या नैं  क्रमिक रूपमा घट्दै गएको वा ती निजी विद्यालयले अन्यन्त्र सरकारी विद्यालय मार्फत विद्यार्थीको परीक्षा दिन लगाउने गर्दैछन् यसै भन्न नसकिने बताइन्छ । 

ती तीन विद्यालयहरुमा लक्ष्मी नारायण मावि, स्यामपाटीमा सेन्टर परेको कोड नम्बर २७२२३ को ज्ञानोदय माध्यमिक ई-स्कूलमा नियमित विद्यार्थी संख्या शून्य रहेको छ, भने ग्रेड वृद्धि तर्फ मात्र ३ जना विद्यार्थी परीक्षा दिन आएका छन्। यस्तै, चैतन्य मावि, बनेपामा सेन्टर परेको कोड नम्बर २७१७० को फेमस इंग्लिस बोर्डिङ स्कुलमा पनि नियमित विद्यार्थी संख्या शून्य रहेको छ भने ग्रेड वृद्धि तर्फ १ जना मात्रै उल्लेख गरिएको छ।

यस्तै, हनुमान माध्यामिक विद्यालय, पात्लेखेत, धुलिखेलमा सेन्टर परेको कोड नम्बर २७११५ को सगुन विद्या मन्दिर, खनालथोकमा पनि नियमित विद्यार्थीको संख्या शून्य नै रहेको छ, भने ग्रेड वृद्धि तर्फ ३ जना मात्र छन्।

समग्रमा काभ्रे जिल्लामा १० भन्दा कम विद्यार्थी भएका विद्यालयहरूको संख्या २९ पुगेको छ। यस वर्ष जिल्लाका २१६ विद्यालय बाट ३४ परीक्षा केन्द्र निर्धारण गरिएका छन्। नियमित विध्यार्थी ५ हजार ७ सय ८९, ग्रेड वृद्धि ६ सय २, तथा प्राविधिक विध्यार्थी १९६ गरी ६ हजार ३ सय ९१ विद्यार्थी यसपटकको एसइइ परीक्षामा सहभागी हुँदै छन्।

स्कूल नभएको भन्ने ..!

ती तीन निजी बोर्डिङ स्कुल हाल सञ्चालनमा नैं नभएको जिल्ला शिक्षा इकाई प्रमुख देबकी ढकाल भन्नुहुन्छ । वहाँको भनाइमा ती विद्यालय सञ्चालनमा नभए पनि ग्रेट वृद्धि को लागि ती स्कूल बाट नैं फर्म भरेका केही विद्यार्थी देखिनु स्वभाविक हो ती बाहेक नियमित विद्यार्थी नहुनु विद्यालय नैं सञ्चालन नहुनु मुख्य कारक रहेको बताउनुहुन्छ ।

कुन विद्यालयको कहाँ कहाँ परे सेन्टर ? 




  • Jigyasa media

थप