Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

पर्साको कालिकामाई गाउँपालिकास्थित विद्यालयमा २५ बढी विद्यार्थी बेहोस

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

पर्सा ।पर्साको कालिकामाई गाउँपालिका-४, कटिबलुवा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार बिहान २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन्।

सोमबार बिहान प्राथना सम्पन्न भएपछि कक्षामा पठनपाठन सुरु गर्नेबित्तिकै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू बेहोस भएका थिए, भने गाउँपालिका अध्यक्ष बशीष्ट प्रसाद कलवारले घटनाबारे जानकारी दिएका छन्।

बेहोस भएका विद्यार्थीहरूलाई तत्काल उपचारका लागि पोखरिया स्थित पोखरिया अस्पतालमा ल्याइएको छ। वर्तमानमा एकजनाबाहेक अरू सबैको अवस्था स्थिर र खतरामुक्त रहेको अध्यक्ष कलवारले जानकारी दिएका छन्।

घटनाको कारण पत्ता लाग्न सकेको छैन, र यसपछि विद्यालय बन्द गरिएको अध्यक्ष कलवारले बताए।


  • Jigyasa media

थप