Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

महाकुम्भ मेलामा भगदौड: ३० को ज्यान गयो, ६० घाइते

  •   २ वर्ष अघि | १६ माघ २०८१, बुधबार

प्रयागराज, भारत – उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा भएको भगदौडका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ६० भन्दा बढी घाइते भएका छन्। भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले घटनाको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब साढे १ बजे त्रिवेणी संगम क्षेत्रनजिकै अस्थायी पुल भाँच्चिँदा अचानक भगदौड मच्चिएको थियो। भीड अत्यधिक रहेका कारण मानिसहरू भागदौड गर्न थाल्दा ठेलमठेल भयो, जसका कारण ठूलो संख्यामा श्रद्धालुहरू घाइते भए।

उद्धार र क्षतिको विवरण

घटनामा मृत्यु हुनेमध्ये २५ जनाको पहिचान खुलेको छ। घाइतेहरूलाई तत्काल स्थानीय अस्पताल पुर्याइएको भए पनि भीडका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।

प्रशासनको निर्णय

अन्य दुर्घटना नहोस् भनेर प्रशासनले आजका लागि निर्धारित मौनी अमावस्याको अमृत स्नान स्थगित गरेको छ। बिहान १० बजेपछि मात्र स्नान गर्ने अनुमति दिइएको छ।

प्रधानमन्त्रीको प्रतिक्रिया

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्ता गर्दै जानकारी लिएका छन्। प्रधानमन्त्री मोदीले घटनालाई ‘दुर्भाग्यपूर्ण’ बताउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सुरक्षामा कडाइ

दुर्घटनापछि महाकुम्भ क्षेत्रको सुरक्षा निगरानी कडा पारिएको छ। हेलिकोप्टरबाट निगरानी गरिँदै त्रासदी दोहोरिन नदिन थप सुरक्षा उपायहरू अपनाइएको छ।


  • Jigyasa media

थप