Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

स्वस्थानी व्रत समापन : एक महिनाको भक्तिपूर्ण साधनाले मनोकामना पूरा हुने विश्वास

  •   २ वर्ष अघि | ३० माघ २०८१, बुधबार

काठमाडौं – एक महिना लामो स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमा का दिन विधिपूर्वक समापन हुँदैछ। यो व्रत भक्तिभाव, संकल्प, अनि कठोर साधनासँग जोडिएको छ, जसले आत्मशुद्धि मात्र होइन, पारिवारिक समृद्धि र मनोकामना पूर्तिको मार्ग खोल्ने विश्वास गरिन्छ।

एक महिनाको कठिन साधना, आज विशेष अर्घ्य अर्पण

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आज पूजाका विशेष विधिहरूका साथ टुंग्याइँदैछ। व्रतालुहरूले १०८ सुपारी, १०८ पान, १०८ फलफूल, १०८ रोटी, १०८ अक्षता, धूप, बत्ती, नैवेद्य, रक्तचन्दन, श्रीखण्ड, सिन्दूर र वस्त्रसहित भगवतीलाई अर्पण गर्ने परम्परा छ।

व्रत समापनका लागि विशेष तयारी गरिँदैछ। व्रतालुहरूले आज मध्याह्नकालमा विशेष पूजा गर्दै आफ्नो मनोकामना पूर्तिका लागि देवीलाई अर्घ्य चढाउनेछन्। रातभर जाग्राम बसेर स्वस्थानी देवीको महिमा सुन्ने, भजन-कीर्तन गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार, यस्तो कठिन व्रत पूरा गर्नाले इच्छित फल प्राप्त हुने विश्वास छ।

स्वस्थानीको रहस्य : आत्मशुद्धिको प्रतीक

स्वस्थानी व्रत केवल धार्मिक कर्म मात्र होइन, आत्मसंयम, साधना र तपस्याको प्रतिक हो। "स्वस्थान" अर्थात् "आफ्नो आत्मा" मा केन्द्रित हुने अभ्यासलाई नै स्वस्थानी व्रत भनिएको हो।

शास्त्रीय मान्यता अनुसार, चार हात भएकी स्वस्थानी देवी को पहिलो हातमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ। यो देवी कठिन तपस्या, निष्ठा र असल कर्मको प्रतिक मानिन्छिन्।

पौराणिक महिमा : बिछोडिएको पुनः मिल्ने, मनोकामना पूरा हुने

धार्मिक कथनअनुसार, हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न यही व्रत गरेकी थिइन्। गोमा ब्राह्मणी ले पुत्र-वियोगको दुःख सहन नसकेर सप्तऋषिले सिकाएको स्वस्थानी व्रत गरेपछि पुत्र लाभ भएको मान्यता छ।

यसैगरी, नाग-नागिनी बिछोड भएपछि यही व्रत गरेपछि पुनर्मिलन भएको धार्मिक विश्वास पाइन्छ। यसले स्वस्थानी व्रतलाई दाम्पत्य जीवनको समृद्धि, परिवारिक सुसम्बन्ध, र इच्छित वरदान प्राप्त गर्ने शक्तिशाली साधना को रूपमा प्रतिष्ठित बनाएको छ।

शालिनदीमा माधवनारायण व्रतको पनि समापन

यसैबीच, काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा माधवनारायण व्रत पनि आज विधिपूर्वक समापन हुँदैछ। करिब २ सय भन्दा बढी व्रतालुहरूले कठोर माधवनारायण व्रत पूरा गरेका छन्। नेवार समुदाय ले आजको दिनलाई "सि पुन्हि" का रूपमा मनाउने परम्परा रहिआएको छ।

भोलि बिहान फूलपाती विसर्जन गर्दै व्रतको औपचारिक समापन

नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विभाग प्रमुख प्रा. डा. देवमणि भट्टराई का अनुसार, आज मध्याह्नकालमा विशेष पूजा गरी व्रत समापन गरिन्छ। रातभर जाग्राम बसेपछि भोलिपल्ट बिहान पवित्र नदीमा फूलपाती विसर्जन गरेपछि यो वर्षको स्वस्थानी व्रत औपचारिक रूपमा सम्पन्न हुनेछ।

भक्तिभाव, आत्मशुद्धि, र मनोकामना पूर्तिको प्रतीकस्वरूप यस व्रतलाई हिन्दू धर्ममा विशेष महत्व दिइन्छ।



  • Jigyasa media

थप