Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

महाकुम्भ मेलाबाट फर्किएको गाडी बिहारमा दुर्घटना, ५ नेपालीको ज्यान गयो

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

महोत्तरी – भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्करपियो बिहारको मुजफ्फरपुरमा दुर्घटनाग्रस्त हुँदा ५ नेपालीको मृत्यु भएको छ। महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरको स्करपियो तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा दुई पुरुष र तीन महिलाको ज्यान गएको छ। बिहार मुजफ्फरपुर प्रहरीका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा स्करपियो अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको बताइएको छ।

घटनास्थलमै पाँचको मृत्यु, चार घाइते

दुर्घटनामा पाँच जनाले घटनास्थलमै ज्यान गुमाएका छन्, भने अन्य चार जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई पटनास्थित अस्पतालमा रेफर गरिएको छ।

घटनाको अनुसन्धान जारी

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग समन्वय भइरहेको बताएका छन्। दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलेन सडक खण्डमा रहेको मधुबनी मन्दिर नजिक भएको बताइएको छ।



  • Jigyasa media

थप