Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट: ११ घाइते, एकको अवस्था गम्भीर

  •   २ वर्ष अघि | २४ माघ २०८१, बिहिबार

काठमाडौं, माघ २४ – काठमाडौंको कमलपोखरीस्थित सानदार म:म पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब पौने नौ बजे म:म पसलको भान्सामा विस्फोट हुँदा पसल रहेको घरको भुइँतलाको सिलिङ भत्किएको छ भने माथिल्लो तलाका झ्यालका सिसा समेत फुटेका छन्।

विस्फोटपछि प्रहरीका गाडी र एम्बुलेन्सहरू तुरुन्तै घटनास्थल पुगेका थिए। उद्धारमा मालीगाउँ प्रहरी वृत्तबाट डीएसपीको कमाण्डमा प्रहरी टोली परिचालित भयो। प्रारम्भिक उपचारका लागि घाइतेहरूलाई हिमाल अस्पताल लगिएको थियो, तर पछि थप उपचारका लागि सबैलाई कीर्तिपुरस्थित बर्न अस्पताल स्थानान्तरण गरिएको छ।

प्रहरीका अनुसार १४ जना प्रभावितमध्ये ३ जनालाई अस्पताल भर्ना गर्नु आवश्यक नपरेको जनाइएको छ।

ग्याँस विस्फोटबाट हुने जोखिम कम गर्न सावधानी

अपनाऔं!


  • Jigyasa media

थप