कान्तिलोकपथमा गम्भीर सडक दुर्घटना : दुई महिलाको ज्यान गयो, १४ जना घाइते

  •   १ वर्ष अघि | ५ बैशाख २०८२, शुक्रबार

मकवानपुर । काठमाडौंबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक गाडी मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा भीषण दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

बा.प्र.०१–००६ ख ७०७२ नम्बरको ईभी गाडी करिब २०० मिटर तल खस्दा घटना भयावह भएको मकवानपुर प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा रौतहटको दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत र सर्लाहीको बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुसी मगर रहेको पुष्टि भएको छ।

प्रहरीका अनुसार गाडीमा चालकसहित १६ जना सवार थिए। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ र अवस्था केहीको गम्भीर रहेको जनाइएको छ।

हाल घटनाको अनुसन्धान भइरहेको छ भने सडक सुरक्षा र यात्रु सतर्कताको सवालमा प्रश्न उठ्ने परिस्थिति यो घटनाले पुनः उजागर गरेको छ।

  • A

थप