Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

किन फर्किन मानेनन् कैलालीको जंगलमा रहेका ३८ देशका नागरिक ?

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

चैत ११, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा गैरकानुनी रूपमा बसिरहेका विदेशी नागरिकहरूलाई स्थानीय प्रशासनले २४ घण्टाभित्र फर्किन निर्देशन दिए पनि उनीहरूले अटेर गरेका छन्।

कसरी पुगे यी विदेशी जंगलमा ?

दुई हप्ताअघि सामूहिक रूपमा आएका यी विदेशी नागरिकहरूमध्ये केही फर्किए पनि हालसम्म करिब ६० जना जंगलमै रहेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए।

कुन–कुन देशका नागरिक छन् ?

ती समूहमा भारत, अमेरिका, चीन, जापानसहित ३८ देशका नागरिक छन्। उनीहरू अर्धनग्न अवस्थामा बस्ने, खानपान, नाचगान गर्नेजस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ।

प्रशासनले के गरिरहेको छ ?

प्रजिअ हमालले गत बिहीबार जंगल छाड्न आदेश दिएपछि केही फर्किए पनि बाँकीहरू भने अझै अडिग छन्। यद्यपि, उनीहरूले जंगल वा स्थानीय समुदायलाई कुनै प्रत्यक्ष हानि पुर्‍याएका छैनन्, त्यसैले प्रशासनले बल प्रयोग नगरेको भए पनि निगरानी भने कडा पारिएको छ।

को हुन् यी विदेशी ?

उनीहरू आफूलाई ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहका सदस्य बताउँछन्। यो समूह प्राकृतिक जीवनशैली अपनाउने, पैसाविहीन, नियमविहीन र समुदायमैत्री जीवन जिउने विचारधारामा विश्वास गर्छ। विकिपिडियाका अनुसार, यो स्वतन्त्र र शान्तिप्रिय समुदाय हो, जसका सदस्यहरू विश्वभरि घुम्दै प्रकृतिमा रमाउने गर्छन्।

अब के हुन्छ ?

प्रशासनका अनुसार बाँकी रहेका नागरिकहरू पनि बिस्तारै फर्किने क्रममा छन्। तर, आदेश अटेर गरे निरन्तर निगरानी राखी आवश्यक परे थप कदम चालिने जनाइएको छ।


  • Jigyasa media

थप