Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

जिप दुर्घटना, दुईजनाको मृत्यु

  •   २ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

पर्वत – पर्वतमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। विहादी गाउँपालिका–३, रानीपानीका ६१ वर्षीय मिनप्रसाद न्यौपाने र गुल्मी, कालीगण्डकी गाउँपालिका–४, पुर्तिघाटका ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गुल्मीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जिप बुधबार बिहान विहादी गाउँपालिका–६, सुशीलढुंगास्थित सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते सात जनालाई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ। प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप