Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

आज दिउँसो मध्यम, राति भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | २० भदौ २०८२, शुक्रबार

काठमाडौं, भदौ २० । आज देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसोको समय साधारणतया बदली रहने र लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्र तथा तराईका केही भूभागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

राति भने देशभर बदली बढ्ने र कोसी, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिसकेको छ, जसका कारण वर्षाको गतिविधि अझ सक्रिय हुने देखिएको हो।

यस्तो अवस्थामा सतर्क रहनुहुन विभागले आग्रह गरेको छ। विशेषगरी पहाडी क्षेत्रमा बाढी–पहिरोको जोखिम र तराई क्षेत्रमा नदी–नाला तथा साना खोला नजिकका बस्तीमा जलमग्न हुने खतरा रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप