Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जनकपुरमा हिन्दु–मुस्लिमबीच विवाद, ढुंगामुढामा एक घाइते

  •   १ वर्ष अघि | १४ भदौ २०८२, शनिबार

जनकपुरधाम, भदौ १४ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित झण्डा चोकमा शनिबार साँझ हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद ढुंगामुढामा परिणत भएको छ।

प्रहरीका अनुसार, हिन्दु समुदायका करिब २५०–३०० जना सहभागी भएको समूहले गणेशको मुर्ति विसर्जनका लागि जुलुस मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा करिब ५०–६० जना मुस्लिम समुदायका व्यक्तिहरू पनि भिडमा सहभागी भएपछि दुवै पक्षबीच ढुंगामुढा भएको हो।

यस क्रममा एक जना स्थानीय घाइते भएको पुष्टि प्रहरीले गरेको छ।

अश्रुग्यास र सशस्त्र तैनाथ

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो भने सशस्त्र प्रहरीले पनि २ वटा ग्यास सेल फायर गरेको जनाइएको छ।

थप तनाव नियन्त्रणमा राख्नका लागि प्रस्तावित सीमा सुरक्षा गुल्म, जटहीबाट कमाण्डर सप्रनाउको नेतृत्वमा ७० जना सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोली खटाइएको छ।

स्थिति नियन्त्रणमा, सतर्कता उच्च

हाल विवादित क्षेत्र नियन्त्रणमा रहेको र थप सम्भावित झडप रोक्न सुरक्षा सतर्कता उच्च स्तरमा बढाइएको प्रहरीको भनाइ छ।

 सुरक्षा निकायले दुबै समुदायका अगुवाहरूसँग छलफल गरी आपसी मेलमिलाप कायम गर्न पहल थालेको पनि जनाएको छ।

  • Jigyasanepal

थप