Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

नेपाल बुद्धिजीवी परिषद् काभ्रेको १० औं अधिवेशन: अध्यक्षमा केशव थापा निर्विरोध चयन

  •   २ वर्ष अघि | १२ माघ २०८१, शनिबार

 काभ्रे ।

नेपाल बुद्धिजीवी परिषद् काभ्रेको १० औं जिल्ला अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको छ। यस अधिवेशनले बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका र काभ्रे जिल्लाको विकासमा नयाँ आयाम थपेको छ। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष डा. अम्बुभवानी कार्कीले गरेका थिए भने संचालन सचिव भीमसेन केसीले गरेका थिए। कार्यक्रममा बास्कोटाले काभ्रे जिल्लाले लिएको विकास र समृद्धिको यात्रालाई गति दिन बुद्धिजीवी वर्गको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै, सही विचार र दृष्टिकोणले मात्र समृद्ध काभ्रेको अवधारणा सम्भव हुने धारणा राखे। उनले भने, “नागरिकको जीवनस्तर उकास्न र सही विषयको उठान गर्न बुद्धिजीवी वर्गको जागरुकता जरुरी छ।”

समृद्ध काभ्रेको अवधारणामा कार्यपत्र प्रस्तुति

कार्यक्रममा केन्द्रीय सचिव डा. दिपेन्द्र श्रेष्ठले 'समृद्ध काभ्रे' विषयमा कार्यपत्र प्रस्तुत गर्दै जिल्लाको विकासका रणनीति र बुद्धिजीवी वर्गको भूमिकाबारे चर्चा गरे। उनले विकासका लागि दक्ष जनशक्ति र नीतिगत सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

सम्मान र इतिहासको पुनरावलोकन

अधिवेशनले परिषद्का संस्थापक अध्यक्ष स्व. केदारनाथ प्रधानलाई मरणोपरान्त सम्मान गरेको थियो। साथमा, गोविन्दलाल प्रधानाङ्ग, शिवप्रसाद सिग्देल, तुयुकाजी ताम्राकार, रामशरण लुईटेललगायतका पूर्व अध्यक्षहरूलाई पनि सम्मान गरियो।


नयाँ नेतृत्वको चयन

बन्द सत्रले यस जिज्ञासा नेपाल अनलाइनका प्रमुख सल्हाकार केशव थापाको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गर्‍यो। सचिवमा भीमसेन केसी, उपसचिवमा शिवराम सिग्देल, र कोषाध्यक्षमा निर्मला सापकोटा भुर्तेल चयन भए। सदस्यहरूमा श्रीकृष्ण पाण्डे, आर. काफ्ले, शिवप्रसाद बञ्जारा, नरहरि कुँवर, माधव नेपाल, र भवानी पाण्डे निर्वाचित भए।

कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष प्रा. डा. ईश्वर कोईराला, सचिव छमिन्द्र खतिवडा, कोषाध्यक्ष अञ्जु केसी लगायतको उपस्थिति थियो। उपाध्यक्ष विरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष देवसागर लामा, बुद्धिजीवी परिषद्का पूर्व अध्यक्ष रामशरण लुईटेल, र बनेपा नगर अध्यक्ष श्रीकृष्ण पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए।

यो अधिवेशनले परिषद्को संस्थागत इतिहासलाई सम्मान गर्दै, नयाँ नेतृत्वको माध्यमबाट काभ्रेको विकासमा बुद्धिजीवी वर्गको योगदानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।


  • Jigyasa media

थप