Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

राप्रपाद्वारा चैत २६ र वैशाख ७ गतेको आन्दोलन सफल बनाउन अपिल

  •   १ वर्ष अघि | १६ चैत्र २०८१, शनिबार

चैत १६, २०८१ | काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र वैशाख ७ गते राजधानी केन्द्रित आन्दोलनलाई उच्च मनोबलका साथ सफल बनाउन आह्वान गरेको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको तयारीमा जुट्न पार्टी कार्यकर्तासहित समान विचारधारा राख्ने दल, समूह, अभियान तथा धार्मिक संघसंस्थाहरुलाई अपिल गरेको छ।

"पूर्वघोषित चैत २६ गतेको प्रदर्शन र वैशाख ७ गतेको आन्दोलनलाई सफल पार्न सम्पूर्ण कार्यकर्ता उच्च मनोबलसहित लागिपर्न अनुरोध गरिन्छ," राप्रपाले जारी गरेको अपिलमा उल्लेख छ।

त्यस्तै, शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा तान्ने प्रयास भएको भन्दै राप्रपाले आपत्ति जनाएको छ। पार्टीले राजनीतिक लाभका लागि पूर्वराजालाई विवादमा तान्ने कार्य निन्दनीय भएको जनाएको छ।


  • Jigyasa media

थप